Friday, November 7, 2003

उपयोगी पत्रकारिता

नेपालमा छापा पत्रकारिताको राम्रो अनुभव सँगालेर अमेरिका पुगेका धर्म अधिकारीको सोख थियो, पत्रकारितामै नयाँ नयाँ प्रयोग गर्ने । अमेरिका पुगेर उनले यो सोखलाई ढाले ‘अनलाइन जर्नालिज्म’मा । नेपालबारेका समाचारमा चासो राख्ने सबैलाई सजिलो पार्न उनले शुरु गरेको न्युजलुकम्याग डटकम (newslookmag.com) त्यही सोखको परिणाम हो । अहिले नेपालबारे विदेशी छापामा आएका समाचार हेर्नुपरे अन्यत्र जानुपर्दैन, न्युजलुकम्यागमा सोझ्ै गए हुन्छ जहाँ सङ्कटकाल, भुटानी शरणार्थी, माओवादी विद्रोहका बारेमा बेग्लाबेग्लै लिङ्क पनि छन् । यो वेभसाइटको औचित्य स्पष्ट गर्दै उनी भन्छन्, “नेपालप्रति विदेशी सञ्चार–माध्यमको दृष्टिकोण तिनमा छापिएका समाचारले स्पष्ट गर्छन् । मैले ती समाचारलाई एकैठाउँमा सङ्गृहीत गर्ने गरेको छु ।”

अमेरिकाकै मिसौरी स्कूल अफ जर्नालिज्मबाट पीएच्डी गर्दै गरेका अधिकारीको एक्लो प्रयासबाटै चलिरहेको छ मासिक ६० हजारदेखि एक लाखले हेर्ने यो वेबसाइट । नेपालसम्बन्धी समाचार खोज्न उनलाई झ्ञ्झ्ट लाग्दैन । बरु भन्छन्, “त्यो त गम्भीर प्रकृतिको एकेडेमिक कामबाट केही समयको ब्रेक जस्तो पो हुन्छ ।” जेहोस्, यस्तो वेबसाइट चलाएर अधिकारीले नेपालबारेका जिज्ञासुहरूलाई मीठो गुन लगाएका छन् ।

"उपयोगी पत्रकारिता" (अनलाइन पत्रकारिता), हिमाल खबरपत्रिका, १६-३० कार्तिक, २०६० (२-१६ नोभेम्वर २००३), अन्तिम पृ.